header AD
संक्षिप्त विवरण

त्रिवेणी गाउँपालिकाको संक्षिप्त परिचय

त्रिवेणी गाउँपालिका लुम्बिनी प्रदेश अन्तरगत रोल्पा जिल्लाको साविकको ५ वटा गा.वि.स. करेटी, नुवागाउँ, बुढागाउँ, जुगार र गैरीगाउँ मिलेर बनेको एक गाउँपालिका हो । शिवाङखोला, चक्रीखोला र गैरीखोला गरी तीन प्रमुख खोलाहरुको सेरोफेरोमा फैलिएको जम्मा २०५.३९ वर्ग कि.मि. भू-भाग यस त्रिवेणी गाउँपालिकाको पूर्वमा रोल्पा नगरपालिका, पश्चिममा सल्यान जिल्ला, उत्तरमा माडी र गंगादेव गाउँपालिका र दक्षिणमा रुन्टीगढी गाउँपालिका अवस्थित छ । ८२°१२'५२" देखि ८२°३५'२२" पुर्वी देशान्तर र २८°१२'३६" देखि २८°२२'२५" उत्तरी अक्षांशमा फैलिएको यस गाउँपालिका समुन्द्री सतहबाट ८६० मिटर देखि २८०० मिटरको  उचाइमा अवस्थित छ । वनजंगल, खोलानाला, र प्राकृतिक छटाले भरिपूर्ण यस गाउँपालिकाको केन्द्र जुगार समुद्री सतहबाट ११२८ मिटरको उचाइमा अवस्थित छ । यस गाउँपालिकामा जम्मा ७ वटा वडाहरु रहेका छन् जस्मा तिला बजार, नुवागाउँ, दहवन, निगालपानी, सिमपानी, लिङ्दुङ, नेर्पा बजार सहर उन्मुख क्षेत्र पर्दछन् ।

बसोबास, सांस्कृति तथा धर्म

२०७८ सालको जनगणना अनुसार जम्मा २३४१२ जनसंख्या रहेको यस गाउँपालिका सामाजिक तथा साँस्कृतिक रुपमा सम्पन्न रहेको छ ।मगर जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ब्राह्मण, क्षेत्री, ठकुरी,सन्यासी, कामी, दमाई, सार्की, घर्ती लगायतका जातजाती बसोबास गर्दछन्।धार्मिक रुपमा हिन्दु धर्मको बाहुल्यता रहेपनि बौद्ध तथा क्रिस्चियन धर्मालम्बीहरु सहित यस गाउँपालिकामा जातीय र धार्मिक सहिष्णुता कायम रहेको छ।दशैं, तिहार, जनै पूर्णिमा, चण्डि पुर्णिमा ,बुद्ध जयन्ती, माघे संक्रान्ति आदि यहाँका प्रमुख पर्वहरु हुन भने नेपाली र मगर भाषा यहाँ बोलिने मुख्य भाषाहरु हुन्।नयाँ पुस्ताहरुमा पश्चिमी संस्कृतिले बिस्तारै प्रभाव पार्दै गएको भएपनि परम्परागत भेषभुषा र रहन सहनको संरक्षण र संवर्द्धन तर्फ पनि पहल गरिरहेको पाइन्छ । पन्चे बाजा, कौरा, सोरठी, साराङ्गी नाच, मयुर नाच, झ्याउरे,वालन, चुड्का लगायतका जातीय परम्परागत पहिचान कायम रहेको छ । चपीघाट मेला, नेर्पा मेला,  आदि परम्परागत मेलाहरु प्रचलनमा रहेका छन् ।   

कृषि

यस त्रिवेणी गाउँपालिका भित्र उत्पादन हुने खाद्यान्न बालीमा धान, गहुँ, मकै, तोरी, चना, मसुरो आदि छन् भने फलफुलहरुमा केरा, आँप, मेवा, चिल्ली, अम्बा र नासपाती आदि प्रमुख छन् । जसमध्ये अन्नबालीमा धान, गहुँ, मकै हुन् भने नगदेबालीमा तोरी, केराउ, उखु, चना, मास, मसुरो, खुर्सानी र बेसार हुन् । यस गाउँपालिकामा उत्पादन हुने तरकारी लौका, करेला, आलु, मुला, रायो, काउली, सागपात, भिण्डी, भेन्टा, बोडी, फर्सी, टमाटर, खुर्सानी, बन्दा, काक्रो, चिचिण्डो, सिमी, लसुन, प्याज आदि हुन् । साथै कृषि तथा पशु सेवाका लागि यस गाउँपालिकाको सबै वडामा एक-एक कृषि तथा पशु प्राविधिक उपलब्ध गराइएको छ । विभिन्न समयमा विभिन्न रुपमा कृषकलाई कृषि तथा पशु सेवाका अनुदान प्रदान गर्दै आएको यस गाउँपालिकाले आफ्ना कृषक जनतालाई फलफुल तथा तरकारी बिउ बितरण, आधुनिक कृषि प्रणाली तथा परम्परागत शैलीबारे ज्ञान पाठशाला प्रधान गरेको छ भने पशु सेवा तर्फ खोर

भौतिक पूर्वाधार

यस गाउँपालिकाका सबै वडामा सडक सन्जाल विस्तार कार्य भएको छ जसमा करिब ३०५ कि.मि. धुलौटे सडक रहेको छ भने यस गाउँपालिकाको मुख्य सडक तिला जुगार निगालपानीमा आंशिक ग्राबेल कार्य भएको र कालोपत्रेको तयरीमा रहेको छ । त्यसै गरि सहिद मार्गको पहुँचमा भएका नुवागाउँ र गैरीगाउँमा सडक कालोपत्रे कार्यको शुरुवाति चरणमा रहेको छ । यस गाउँपालिकामा विभिन्न खानेपानी योजना सञ्चालनमा रहेका छन् जसले ७ वटै वडाका जनतालाई लाभान्वित गरिरहेको छ । गाउँपालिकाको विभिन्न स्थानमा एक घर एक धारा जडान भईसकेको छ भने बाश योजना अन्तरगत सबै घरधुरीमा एक धारा अनिवार्य रुपमा जडान गर्ने कार्यको थाल्नी भएको छ । त्यसै गरि यस गाउँपालिकाको ४७९५ घरधुरी मध्ये ९९.१३ प्रतिशत घरमा शौचालयको पहुँच रहेको देखिन्छ । यस गाउँपालिकामा व्यक्तिगत सरसफाइप्रति स्थानीय बासिन्दाहरु विस्तारै सचेत हुँदै गएको कुरा सिद्ध हुन्छ । उर्जा तर्फ यस गाउँपालिकाको गत आ.व. भित्र करिब ८५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा रहेका छन् भने यस आ.व.मा धेरै भन्दा धेरै जनमा पुग्ने अपेक्षा लिइएको छ ।

शिक्षा

शिक्षाको विकास बिना समग्र विकास अधुरो र अपुरो रहने तथ्यलाई मध्यनजर गर्दै वि.सं. २०११ सालदेखिनै औपचारिक शिक्षा शुरुवात भएको यस गाउँपालिकाको शैक्षिक अवस्था राम्रो रहेको देखिन्छ भने यसमा क्रमागत रुपमा सुधारका कार्यहरु चालिएका छन् । यस गाउँपालिकामा १ वटा क्याम्पस ( स्नातक तह), १२ वटा सामुदायिक माध्यमिक तहका विद्यालय, १ वटा संस्थागत माध्यमिक विद्यालय, २८ वटा सामुदायिक आधारभूत विद्यालय तथा ३ वटा संस्थागत आधारभूत विद्यालय रहेका छन् । यस गाउँपालिकाको ६ नं वडा ४-१२ उमेर समुहका बालबालिका शत प्रतिशत विद्यालय भर्ना घोषणा भईसकेको छ ।

स्वास्थ्य

यस गाउँपालिकामा जम्मा ५ वटा स्वास्थ्य चौकी रहेका छन् भने उक्त स्वास्थ्य चौकीमा सम्पूर्ण दरबन्दीका कर्मचारी पदपूर्ति रहेका छन् । सम्पूर्ण वडामा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यका साथ महिला स्वास्थ्य स्वयंसेविका खटाइएका छन् भने स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु गाउँ बस्तीमा पुगि खोष सेवा परिचालन गर्दै आएका छन् । गाउँपालिकाबाट स्वीकृत कार्यक्रम अन्तरगत विभिन्न जनचेतना मुलक कार्यक्रम तथा स्वास्थ्य उपचार सेवा यस गाउँपालिकाले प्रदान गर्दै आएको छ ।

लैंगिक अवस्था

५३.६८ महिला तथा ४६.३२ पुरुष जनसंख्या भएको यस त्रिवेणी गाउँपालिकामा लैङ्गिक अवस्था विगतको भन्दा सुधारिएको देखिन्छ । यस गाउँपालिकामा कार्यरत बालबालिका तथा लैङ्गिक समानता सम्बन्धिका संस्थाको सक्रिय सहयोग तथा गाउँपालिकाको निति नियम तथा वार्षिक कार्यक्रमको सक्रिय कार्यान्वयनमा यस गाउँपालिकामा बाल अधिकार सुनिश्चितता, बालश्रम न्यूनिकरण तथा लैङ्गिक समानता जस्ता कार्यहरु भएका छन् । लैंगिक सुधारका कार्यक्रम प्रति यस गाउँपालिकामा उल्लेखनिय रुपमा वार्षिक कार्यक्रम विनियोजन हुने गरेको छ ।

सुचना प्रविधि

सदरमुकाम देखि टाढा पर्ने भएतापनि यस त्रिवेणी गाउँपालिकाले सुचना प्रविधि क्षेत्रमा उल्लेखिनिय प्रगति हासिल गरेको छ । ७ वटा गाउँपालिका रहेको यस गाउँपालिकाको ६ वटा वडामा विद्युतिय सेवा प्रदान गरिदै आइएको छ । गाउँपालिकाको धेरै जसो क्षेत्रहरुमा संचारको पहुँच रहेको देखिन्छ भने केहि दुर्गम क्षेत्रमा टेलिफोन सेवा विस्तारका लागि यस गाउँपालिकाले पहल गर्दै आएको छ । यस गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अभिलेख तथा सामाजिक सुरक्षा वितरण अनलाइन तथा बैंङ्किङ प्रणालीबाट गरिँदै आइएको छ । यस गाउँपालिकाको सुचना प्रदान प्रणालीलाई गाउँगाउँमा तथा जनताको हातहातमा पुग्ने गरि यस गाउँपालिकाले मोबाइल एप्स तथा सुचना प्रणालीको व्यवस्था गरेको छ ।

प्रमुख धार्मिक तथा पर्यटकीय स्थल

वडा नं

प्रमुख धार्मिक तथा पर्यटकीय स्थल

धानखानी गुफा

बौद्ध गुफा

भुवनेश्वरी मन्दिर, घोरढुङ्गा, शिवमन्दिर गुप्ति दह

५                  

शिवगुफा दार्शनिक केन्द्र, गामाकोट बराहक्षेत्र स्थल

वागपाइले, पोखरडाँडा, राधाकृष्ण मन्दिर र चुलिफिजे (३००० मि.)

जय बाबा मन्दिर, भगवति कालिका मन्दिर, चिरेखोला शिव मन्दिर, बच्चा पाइला cf]ढार भालुदुला दुम्ला, ढोरेनी तिनताले अनन्त - cf]ढार, थुर्पा(२२२१) मिटर, गौरीमाता मन्दिर

 

आधारभूत जानकारी
Lumbini
Rolpa
गाउँपालिका
205.45 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 23412
Male 11024
Female 12388
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website https://trivenimunrolpa.gov.np
Map coordinates not available